
चितवन । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ । चितवन खैरहनीकी माझीको गएराति भरतपुर अस्पतालमा मृत्युु भएको प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।
खैरहनी नगरपालिका वडा नम्बर १० कठारकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि गीता गम्भीर घाइते भएकी थिइन् ।गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
पटक–पटक उनी कुटपिटबाट घाइते भएकी भनेर स्थानीयले बताएका छन् । बिहीबार घाइते उनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको थियो । सोमबार राति ११ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।
गीताका श्रीमान रामचन्द्र अहिले प्रहरी हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ ।
जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको जनाएको छ । रक्सी खाने पैसा नदिएको भनेर गीतालाई कुट्ने गरेको स्थानीयले बताएका छन् ।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...