सैनिक क्याम्पको स्थानीयले गरे विरोध – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सैनिक क्याम्पको स्थानीयले गरे विरोध

रुकुमपूर्व । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६, बयलडाँडामा आर्मी क्याम्प राख्न खोजेपछि त्यसको स्थानीयले विरोध गर्दै आएका छन् ।

ढोरपाटन शिकार आरक्षले आर्मी क्याम्प राख्न खोजेको हो । आर्मी बसेपछि वनजंगलमा आफूहरुको सम्बन्ध नरहने र आर्मीले भने अनुसार चल्नुपर्ने भन्दै स्थानीयले जेठ १५ गतेबाट धर्नामा दिएका छन् ।

स्थानीय, जनप्रतिनिधि र ढोरपाटन आरक्षका प्रतिनिधिबीचको छलफलमा २४ गते गाउँपालिकास्तरीय सर्वपक्षीय बैठक बस्ने र सोही बैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने मौखिक सहमतिपछि स्थानीयले अहिले धर्ना फिर्ता लिएको बुझिएको छ ।

छलफलमा सहभागी ढोरपाटन शिकार आरक्षका सहायक वार्डेन अविनास थापामगरले स्थानीय पछि हटेको बताए । बिहानबाट आरक्षको टोली र पुथा उत्तरगंगा ५ र ६ नम्बर वडाका हालका तथा निवर्तमान वडाध्यक्षहरुसँग छलफल गरिएको जसमा पार्टीका प्रतिनिधि र स्थानीय पनि सहभागी थिए ।

ढोरपाटन शिकार आरक्षले आर्मी क्याम्प बनाउन भनेर यही जेठ १२ गते राति डोजर लगाएर जमिन खन्न सुरु गरिएको थियो ।त्यसलगत्तै जेठ १३ गतेको दिन वडामा रहेको सामुदायिक वन सरोकार समितिले त्यसको विरोध गर्दै विज्ञप्ती निकालेको थियो ।

१३ गतेकै दिन तकसेरामा आर्मी क्याम्प राख्ने पक्षमा रहेका र विरोध जनाएकाहरुसँगै सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गर्दा पनि कुनै सहमति हुन सकेन ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७९ जेष्ठ १८, ११: ५७

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ जेष्ठ १८, ११: ५७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७९ जेष्ठ १८, ११: ५७

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...