पर्यटनमैत्री मौद्रिक नीति ल्याउन आग्रह – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

पर्यटनमैत्री मौद्रिक नीति ल्याउन आग्रह

Nepal Rastra Bank i

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई नाट्टाले आग्रह गरेको छ । मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुत्थान हुने खालको मौद्रिक नीति ल्याउन एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले आग्रह गरेको हो ।

कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनः कर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि पुनः कर्जाको व्यवस्थालाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने माग नाट्टाले अघि सारेको छ ।

पर्यटन क्षेत्रका व्यवसायीले कोरोनाका कारण बैंकबाट लिएको ऋणको किस्ता समयमा बुझाउन नसकेको भन्दै विलम्ब शुल्क नलाग्ने गरी भुक्तानीको वातावरण निर्माण गर्नुपर्ने, पर्यटन क्षेत्रलाई पनि निर्यात व्यवसायीले पाएजस्तो ‘क्यास व्याक इन्सेन्टिभ’ दिइने व्यवस्था प्रदान गर्न आग्रह गरेको छ ।

पर्यटन व्यवसायीलाई कम्पनी दर्ता प्रमाणपत्र कर चुक्ताको प्रमाणपत्रका आधारमा बैंक ग्यारेन्टीको धितो राखेर रु २० लाखसम्म सहुलियत ऋण प्रवाह गर्नुपर्ने, टुर गाइड, ट्रेकिङ गाइड, ¥याफ्टिङ गाइड, पर्वतारोहण गाइडलगायत सरकारले प्रदान गरेको प्रमाणपत्र जमानी राखेर रु १० लाखसम्म सहज रूपमा सहुलियत ऋण प्रवाह गर्न माग गरेको हो ।

विदेश भ्रमणका लागि टुर प्याकेज खरिद गर्दा दिने भुक्तानी सेवा बढाउनुपर्ने, राष्ट्र बैंकको डलर इजाजत र पर्यटन विभागबाट जारी हुने इजाजतको नवीकरण गर्ने समयमा एकरुपता ल्याउनुपर्नेलगायत नाट्टाले मागसमेत को छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ जेष्ठ २५, ०७: ४१

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ जेष्ठ २५, ०७: ४१

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ जेष्ठ २५, ०७: ४१

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...