भगवान शिवबाबाको प्रेम सम्बन्धी बाणी – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

भगवान शिवबाबाको प्रेम सम्बन्धी बाणी

प्रेम:प्रेम साँचिक्कै सबैभन्दा ठुलो शक्ति हो । प्रेमले हामीलाई धेरै महान बनाउन सक्छ भने मनलाई हलुको एवं प्रफुलित राख्न सक्छ । तर यस शक्तिको अहिले धेरै बढी मात्रामा दूरुपयोग गरिएको छ । अनेक निम्न कोटीका स्थितिहरुलाई प्रेमको नाउँमा स्वीकृति दिइन्छ । वास्तवमा आज संसारलाई प्रेमको सही वा यथार्थ समझको अवश्यकता छ ।

सच्चा प्रेम केवल कोरा भावनाहरुमा मात्रै होइन बल्कि विवेक, पारस्परिक विश्वास वा आदरमा आधारित हुन्छ । प्रेमको अर्थ हो सन्तुलन अर्थात, स्वयं परमात्मा एवं आफ्ना संगी साथीहरु सँग पारस्पिरिक सामञ्जस्य । प्रेम निः स्वार्थता लाई भनिन्छ । प्रेम केवल सनक वा कल्पनासम्म सीमित एक भावुक अवस्थामा मात्रै होइन,

यो त शारीरिक आकर्षणबाट पर चेतनाको एक उत्कृष्ट अवस्था हो । प्रेमको शारीरसँग कुनै सम्बन्ध छैन , प्रेमको सम्बन्ध त आत्मासँग हुन्छ । हामीहरुले यस प्रेमलाई चारैतिर प्रवाहित गर्नु छ । आफ्नो प्रेमलाई प्रवाहित गर्नाले हामी नम्र हुन जान्छौँ तथा सधँै ताजा ,आकर्षक वा स्वस्थ रहन सक्छौँ । प्रेम विना जीवनका सारा खजानाहरु हाम्रो दृष्टि वा अनुभवबाट लोप भएर जान्छन् । ती सबै कुरालाई प्राप्त गर्ने ‘प्रेम’ एकमात्र कुञ्जी हो ।

एक प्रेमपुर्ण दिवस मंगलवारको लागि बिचार:
१. यदि कुनै व्यक्ति तपाईसँग क्रोधित भएर कुरा गर्दछ भने उसको क्रोधको आगोमा प्रेमको शितल जल हालौँ ।
२. जब जीवनमा प्रत्येक परिस्थितिको सामना गर्र्नैपर्छ भने प्रेमपुर्वक सामना किन नगरौँ ?
३. सधैँ नम्रताको पोशाक पहिरीराखैाँ त्यसबाट अरुको प्रेम वा सहयोग स्वतः नै प्राप्त हुन जान्छ ।

४. यदि तपाई प्रेम युक्त हुनका साथै नियमयुक्त भएर रहन सक्नु हुन्न भने तपाईमा अवश्य कुनै शक्तिको कमी छ । आफ्नो जाँच गरौँ र त्यस कमीलाई पुरा गरौँ ।
५. ईष्र्या वा घृणाका विचारहरु मनमा प्रवेश गर्ने वित्तीक्कै खुसी लुप्त हुन जान्छ ।प्रेम वा शुभ–भावना युक्त विचारहरुबाट उदासी टाढा हुन जान्छ ।
६. आदर सम्मान प्राप्त गर्ने एकमात्र उपाय सर्वप्रथम अरुलाई कदर आदर गरौँ ।

७. तपाईको आफ्नै स्वभावले बाहेक तपाईलाई कसैले दुःख दिदैन । आफ्नो स्वभाव मधुर वा प्रेमयुक्त बनाऔँ तथा सबैको हृदय जितौँ ।
८. अरुको सफलता प्रति पनि तपाई त्यतिकै उत्साह देखाउनोस् जति आफ्नो सफलताको लागि देखाउनु हुन्छ ।
९. मिठो बोली ,बचन बोल्नाले एक पैसा पनि खर्च हुदैन , त्यसैले सधैँ प्रेमयुक्त,मधुरता साथ बचन बोलौँ ।
१०. यदि तपाई एक्लै हुनुहुन्छ भने तपाईको कुनै महत्व छैन, तर यदि तपाई संगठनमा स्नेहशिल ,रमणीक वा सहयोगी भएर रहनु हुन्छ भने तपाई मूल्यवान हुनुहुन्छ ।

११. प्रेम पुर्वक बोलिएको एक शब्द पनि अनेकौ दुःखी आत्माहरुलाई शान्ति प्रदान गर्न सक्छ ।
१२. सबैलाई सम्मान दिने व्यक्ति सधैँ स्वमानमा रहन्छ् ।
१३. यदि म यो सम्झन्छु कि मेरो असली गुण अरुलाई प्रेम गर्नु हो भने म मा कसै प्रति पनि राग, द्धेष आउन सक्दैन ।
१४. परमात्मा पिताले हामीलाई सुगन्धित फूल बनाउनु भएको छ । के हामीले यो सुगन्ध सबैसम्म फैलाई राखेका छौँ ?
१५. सरलता विना कुनै पनि व्यक्ति अन्य आत्माहरुको सच्चा स्नेह पाउन सक्दैन ।

१६. आज संसार मानौँ उन्मत्त भइरहेको छ, तर परमात्माको पे्रममा उन्मत हुनु बुद्धिमान हो ।
१७. अन्य आत्माहरुलाई प्रेम वा दयाको दान दिनु पनि एक प्रकार को दान नै हो ।
१८. स्वयम प्रति स्वमान वा प्रभु प्रति प्रेम भाव मनमा हुनाले अरुलाई आदर सम्मान दिनु सहज हुनु जान्छ ।

१९. हामी सबै स्वयंलाई मानव जातिको हिस्सा वा भाग सम्झीन्छौँ,तर हेरैाँ हामी कुनै प्रकारको हिँसा त गर्दैनौँ ?
२० चाहे कुनै व्यक्ति जतिसुकै नराम्रो किन नहोस ,त्यसमा कुनै न कुनै गुण अवश्य हुन्छ । माहुरी बनेर अरुको गुणरुपी महलई एकत्रित गर्दै रहौं ।
२१. जुन देशमा प्रत्येक व्यक्ति स्वयंलाई आफ्नो छर छिमेकी भन्दा श्रेष्ठ सम्झन्छ भने के त्यस्तो देशमा एकता कायम रहन सक्ला ?

२२. परमात्मा पापीसँग पनि प्रेम गर्नुहुन्छ । सबै परमात्माका बच्चा हुन , त्यसैले परमात्माका कुनै पनि बच्चाहरुसँग घृणा र नफरत गर्ने मेरो के अधिकार छ ?
२३. जब कुनै पनि कार्य पे्रेम भावना सँग गरिन्छ भने त्यसमा सजिलै सफलता प्राप्त हुन सक्छ ।
२४. तपाई जति धेरै प्रेम दिनु हुन्छ , त्यति प्रेमअरुबाट प्राप्त गर्नु हुनेछ । तपाईसँग जति धेरै मात्रामा प्रेम होला , त्यसलाई दान गर्नु त्यतिकै सजिलो हुनेछ ।

२५. कुनै पनि बस्तुको सुन्दरता तपाईको मुल्याङ्कन गर्ने योग्यतामा लुकेको छ ।
२६. यदि म कुनै व्यक्ति सँग उसको छालाको रंगको कारण अलग रहने गर्दछु भने त्यो कसैलाई उसको लुगाको आधारमा घृणा गर्नु जस्तै हो ।
२७. सबैलाई साथको आवश्यकता छ । के म सँग कुनै साथीसँग साथित्व बाँढ्नको लागि भरपुर प्रेम छ ?
२८. जब तपाई कसैसँग प्रेम गर्नु हुन्छ भने उसै जस्तो बन्ने प्रयत्न गर्नु हुन्छ । यदि हामी ईश्वरसँग पे्रेम गर्दछौँ भने के हामीले उहाँ जस्तो बन्ने प्रयास गर्नु पर्दैन ।

२९. प्रेम सार्वभौम हो, त्यसको कुनै सीमा छैन ।
३०. प्रभु–प्रेमले तपाईलाई समस्त मानवतासँग प्रेम गर्न सिकाउँछ , कसैसँग पनि घृणा ,नफरत गर्न सिकाउँदैन । एउटा व्यक्तिसँग प्रेम हुनुको कारण तपाई एउटै व्यक्तिसँग प्रेम गर्नु हुन्छ र बाँकी धेरै सँग घृणा नफरत गर्नु हुन्छ ।
३१. इश्वरीय नियमहरुको पालना गरिसकेपछि तपाई सम्झिन सक्नु हुन्छ ,प्रेम कसरी गर्न सकिन्छ ?

३२. जुन प्रेमले अरुलाई हानी ,नोक्सानी पु्र्याओस त्यो प्रेम पक्कै होइन ।
३३. जब दिएको बचन पुरा गरिदैन भने घनिष्ट मित्रले पनि साथ छोडेर जान्छ ।
३४. सबै प्रति समान स्नेहभाव राख्नाले नै तपाई धैर्यपुर्वक जीवनयापन गर्न सक्नु हुनेछ ।

३५ .दुई व्यक्तिहरु मध्ये यदि एकले पनि भगडा गर्दैन भने लडाई भगडा हुनै सक्दैन ।
३६.. हामी जससँग प्रेम गर्दछौँ , हाम्रो स्वरुप वा व्याक्तित्व त्यस्तै बन्दछ ।
३७. . तपाई जति धेरै अरुको भलाई गर्नु हुन्छ त्यति धेरै आफ्नो पनि भलाई हुदै जान्छ । प्रतिदिन आफ्नो त्यस्तै भलाई गर्दै जाऔँ ।

३८. पारमात्मासँग प्रेम गर्नु समस्त मानव जातिसँग प्रेम गर्नु हो ।
३९. कहिले काँहि तपाई अरुको सहायताको लागि आफ्ना हात अगाडि बढाउनु हुन्छ भने उनीहरु तपाईको उपेक्षा गर्ने गर्दछन् ,फेरी पनि उनीहरु प्रति प्रेम र दयाको दान गर्दै जाऔँ ।

४०. एउटा उदार हृदय शिघ्र नै अमुल्य हृदय बन्न जान्छ ।
४१. आफ्ना शत्रुहरुबाट छुटकारा पाउने सबभन्दा राम्रो साधन यही नै हो कि उनीहरुलाई आफ्नो मित्र बनाऔँ ।
४२. जब तपाई स्वयं सँग प्रेम गर्न सिक्नु हुन्छ तब नै अन्य व्यक्तिहरु तपाईसँग घृणा र नफरत गर्न छोड्ने छन् ।
४३. तपाइ स्वयंमा विशेष हुनुहुन्छ , त्यसैले आफ्ना सत्य स्वरुपको आनन्द लिनुहोस ।

४४. सबै प्रति भाई–भाईको दृष्टि राख्नाले नै तपाई सधै प्रेमयुत्त रहन सक्नु हुनेछ ।
४५. यो आशा नराखौँ अरु व्यक्तिहरुले तपाईलाई प्रेम गरुन् अथवा तपाई माथि नै ध्यान दिउन् । त्यसको सट्टा अरुलाई प्रेम गरौँ अथाव उनीहरुको ध्यान राखैाँ ।
४६. प्रेमका आँशुले दुःख पु¥याउँदैनन् ती मोति समान बन्न जान्छन् ।

४७. के तपाईलाई यो ज्ञान छ कि प्रेमको देहसँग कुनै सम्बन्ध छैन ?
४८. दुःखले भरिएको यस दुनियाँमा साँचो प्रेमको एक थोपा पनि मरुभुमिमा सागर झै हुन्छ ।
४९. प्रेम एक ठुलो शक्ति हो , तर पवित्र प्रेम गर्नको लागि धेरै शक्ति चाहिन्छ ।


५०. जब ईष्र्याले आफ्नो घिनलाग्दो टाउको उठाउँदछ , तब हाम्रा अति प्रियजनहरु प्नि हाम्रा शत्रु बन्दछन् । –पुस्तक ‘आजको विचारधारा’ बाट
प्रस्तुती: मिलन आफन्त

सम्बन्धित समाचार

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७९ असार १०, १४: ४८

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...

‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
  • २०७९ असार १०, १४: ४८

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७९ असार १०, १४: ४८

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...