मिडिया कप फुटसलको उपाधी प्रेस संगठनको पोल्टामा – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

मिडिया कप फुटसलको उपाधी प्रेस संगठनको पोल्टामा

काठमाडौं । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको “मिडिया कप फुटसल प्रतियोगिता २०७५” को उपाधि प्रेस संगठन नेपालले जितेको छ । नेपाल प्रेस यूनियन र प्रेस संगठन नेपालबीच उपाधिका लागि भएको फाइनल प्रतिष्पर्धामा प्रेस संगठन नेपालले ६–१ को गोल अन्तरले प्रतियोगिताको उपाधि हात पारेको हो ।

विजेता र उपविजेता टिमलाई महासंघका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गरेका थिए । प्रतियोगितामा विजेताले दशहजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । उपविजेताले सात हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँचहजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । नगद र प्रमाणपत्र महासंघको स्थापना दिवस चैत १६ गते महासंघमै आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिने महासंघका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताए ।

प्रतियोगितामा १३ गोल गर्दै उच्च गोल कर्ता प्रेस संगठन नेपालका खेलाडि दिपेन्द्र गुरुङ्ग बेस्ट स्कोरको विजेता बने । त्यसैगरी प्रतियोगिताकै बेस्ट प्लेयर नेपाल प्रेस यूनियनका खेलाडी निशान राई घोषित भए । चैत १४ र १५ गते शान्तिनगर फुटसल, ओम शान्तीचोकमा खेलाइएको प्रतियोगितामा सञ्चार क्षेत्रसंग सम्बन्धी विभिन्न एघार संघसस्थाका टोलीले भाग लिएका थिए ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए), नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी), इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतले भाग लिएका थिए ।

सम्बन्धित समाचार

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७५ चैत्र १८, ०९: ०४

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...

‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
  • २०७५ चैत्र १८, ०९: ०४

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७५ चैत्र १८, ०९: ०४

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...