न्यू जिल्यान्ड NRNaको आसन्न निर्वाचन २०१९–२०२१ का लागि दमदार उम्मेद्वार बिपिन्द्र कोइराला !!!! – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

न्यू जिल्यान्ड NRNaको आसन्न निर्वाचन २०१९–२०२१ का लागि दमदार उम्मेद्वार बिपिन्द्र कोइराला !!!!

नेपालमा सानै उमेरमा प्राध्यापन पेसामा संलग्न बिपिन्द्र कोइराला नवलपरासी जिल्लाको नवलपुर भेगमा सबैको माझमा एउटा लोकप्रिय नाम हो । आफ्नो विद्यार्थी कालमा अब्बल दर्जाको पंक्तिमा नाम समाबेश गरिसकेका कोइराला कलेज जीवनमा पनि कलेज प्रथम नै हुने गर्दथे, आफ्नो विश्वबिध्यालय अध्ययन नसकिदै कलेजमा अध्यापन सुरु गरेका कोइराला ११ बर्षको कलेज अध्यापन पेसा छोडेर International degree लिनको लागि नेपाल देखी न्यू जिल्यान्ड आइपुग्नु भयो सन् २०१५ मा ।

कलेजमा account teacher को रुपमा उहाले पुर्याउनु भएको योगदानलाई हामी सिमित शब्द भित्र उतार्न सक्दैनौ, नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका, देवचुलि नगरपालिका अनी कावासोती नगरपालिकाको Management study लाई उहाले एउटा नयाँ उचाइमा पुर्याउनु भयो । आफ्नो भेगमा लगभग ५–६ वटा Management college स्थापना गर्न अहम भूमिका निर्बाह गर्नु भएको कोइराला बिना लगभग लगभग त्यो भेगमा Management college सन्चालनमा ल्याउन गाह्रो पर्ने कुरा त्याहाका स्थानियहरु बताउनु हुन्छ ।

उहा नेपाल छोडेर न्यू जिल्यान्ड आउँदा पनि त्यो भेगका कलेजमा निकै ठुलो अभाव महसुस गरिएको थियो । नेपालमै हुँदा Nepal Redcross society ,Nepali saahitya samaaj, Nepal voluntory organisation अनी बिभिन्न स्थानिय समुहहरुमा आबद्ध भएर समाज सेवाको उदाहरण दिसक्नु भएको छ । गाउँ, जिल्लामा भएका बिभिन्न सामाजिक संघ संस्थाहरुमा अध्यक्ष, उपाध्यछ्य, सचिब जस्ता जिम्मेवार पदहरुमा बसेर समाजसेवामा योगदान दिने कोइराला भलादमी स्वभावको हुनुहुन्छ भनेर भन्छन उहालाइ चिन्ने गाउँघरका ब्यक्तिहरु ।

अब्बल दर्जाको साहित्य लेखन उहाको अर्को बिशेषता हो । राष्ट्रिय स्तरको कबिता प्रतियोगितामा प्रथम भैसक्नु भएका बिपिन्द्र कोइराला चितवन महोत्सबको कबिता प्रतियोगितामा पनि स्वर्ण पदक जितीसक्नु भएको छ । कुनै बेला राष्ट्रिय स्तरको बादबिबाद अनी बक्तृत्वकलामा आफ्नो दम्दार प्रस्तुती मार्फत पूर्व राष्ट्रपति डा. राम बरण यादव बाट पनि पुरस्कार प्राप्त गरिसक्नु भएको छ ! मन्चमा दमदार प्रस्तुती दिने उहालाइ जो कोहिले सुरुमा भेट्दा खासै दम्दार बक्ता हो जस्तो मान्दैनन तर जब थाहा पाउछन् अनी अचम्ममा पर्छन !

आफ्नो समाजको पेरिफेरिमा हुने हरेक समाजसेवामा आफ्नो योग्दान दिन पछि नपर्ने ब्यक्तित्व बिपिन्द्र कोइराला आफ्नो नेपाली समाजको गहना हुनुहुन्छ । नेपालमा आफ्नो समाज भित्र अतुलनिय योगदान दिनु भएको कोइरालाले न्यू जेअल्यान्डमा पनि प्रबासी नयाँ विद्यार्थीहरुलाई एकदमै ठुलो सहयोग पुर्याइ राख्नु भएको छ ।

न्यू जिल्यान्डमा पनि कोही नेपाली समस्यामा छन भन्ने कुरा थाहा पाउन साथ सहयोग गर्न अघी सर्ने बिपिन्द्र कोइराला न्यू जिल्यान्डमा रहनु भएका young nepali generation का लागि Role model हुनुहुन्छ । अरुलाई समस्या पर्दा दिनरात नभनी खटने उहाले न्यू जिल्यान्डमा हुन गैरहेको गैर आवासिय नेपाली संघ NRNA २०१९–२०२१ कार्यकालको लागि Executive member मा उम्मेद्बारी दिदै हुनुहुन्छ । कुनै पनि देशका NRN मा उहा जत्तिको ब्यक्तिको प्रबेश हुनु भनेको सिंगो संस्थाको लागिनै गौरबको कुरा हो भन्नु हुन्छ अधिकांश नेपाली युवाहरु ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७६ असार १२, ०५: ४८

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ असार १२, ०५: ४८

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ असार १२, ०५: ४८

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...