सडकमा बसेर वृद्धवृद्धा कुर्दै जेष्ठ नागरिक – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

सडकमा बसेर वृद्धवृद्धा कुर्दै जेष्ठ नागरिक

जाजरकोट । भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन् । ठाउँ नहुँदा सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन् ।

तीन घण्टा हिडेर बैंकमा आएका जेष्ठ नागरिकहरुले पालो नपाउँदा भुइँमा यस्तो बाध्यता भएको बताए । बैंकको अगाडि साना हलुका सवारी साधन रोक्ने र टिकट काट्ने ठाउँसमेत रहेको सिटिजन्स बैंक अगाडि सेवा लिन पुगेका जेष्ठ नागरिकले चिसो भुइँमा बसेर हैरान खेप्नु परेको बताए ।

बुढेसकालमा भत्ता बुझन नै बैंकमा आएर लाइन लाग्नु पर्ने हटाउनु पर्ने उनको भनाइ छ । बैंकले बस्ने व्यवस्थापन गर्नु पर्ने जेष्ठ नागरिकले बताए । सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जना जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिदै आएको म्यानेजर टरर्जन अधिकारीले बताए ।

सम्बन्धित समाचार

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७९ कार्तिक ५, ०८: ०१

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
  • २०७९ कार्तिक ५, ०८: ०१

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक ५, ०८: ०१

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...