बन्दीपुर केबलकारको परीक्षण सुरू – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

बन्दीपुर केबलकारको परीक्षण सुरू

तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण सुरू भएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण सुरू गरेको हो ।

हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले बताए । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनको भनाई छ ।

आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । उनले भने, “केबलकारको सबै परीक्षण सकिएपछि व्यावसायिक प्रमाणपत्र प्राप्त हुनेछ, नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ।”

निर्माणाधीन पाँच तारे होटेल भने आगामी वर्षको मङ्सिरदेखि सञ्चालन गर्ने तयारी हुदैछ। होटेलको भित्री कामबाहेक अन्य सबै सकिएको उपाध्यायले बताए ।

सम्बन्धित समाचार

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ३, २०: ३२

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
  • २०८० माघ ३, २०: ३२

धनुषा : धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का...

जलवायु परिवर्तनले पुर्‍याएको क्षति र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे राष्ट्रिय सभाको समितिमा आज छलफल हुँदै
जलवायु परिवर्तनले पुर्‍याएको क्षति र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे राष्ट्रिय सभाको समितिमा आज छलफल हुँदै
  • २०८० माघ ३, २०: ३२

काठमाडौँ — विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगेको गम्भीर प्राकृतिक क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) मा देशको कूटनीतिक...