अवैध ५ हजार ४६० बोरा पोटास बरामद – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

अवैध ५ हजार ४६० बोरा पोटास बरामद

काठमाडौं । भारतबाट ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद प्रहरीले बरामद गरेको छ । कर सम्बन्धी विवरण शंकास्पद देखिएपछि प्रहरीले पोटास मलखाद बोकेका १३ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीले बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । इलाका प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाको टोलीले ट्रकहरू नियन्त्रणमा लिएको हो ।

जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयामा ती ट्रक रोकेको थियो । ती ट्रकमा ५ हजार ४६० बोरा पोटास थियो । एमएस किसान ट्रेडर्स नामक भारतीय कम्पनीका ती ट्रक वीरगन्ज भन्सारबाट छुटेर राजविराज, विराटनगर र विर्तामोडतिर गइरहेका थिए ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ४, २०: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ४, २०: २७

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ४, २०: २७

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...