January 21, 2022, Friday

हवाई कारबाहीमा १७ आतङ्ककारीको मुत्यृ

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका बताइन्छ । अफगान गृह मन्त्रालयले बिहीबार उक्त जानकारी दिएको हो । उक्त कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति मार्फत जानकारी दिए । नान्गाहार प्रान्तको आचिन, हिसाराक, र देह बाला जिल्लामा गरेको कारबाहीमा ती सशस्त्र आतङ्ककारी मारिएका र अन्य तीन घाइते भएका मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको उल्लेख छ ।

सो जिल्लामा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका हुन् । ती जिल्लामा आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तर्राष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीको क्रममा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका थिए । सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो ।

सम्बन्धित समाचार

जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
  • २०७४ मंसिर २५, ०८: ४६: ०३

नयाँ विकल्प, जापान – जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको...

रेडक्रसबाट ५ लाख १५ हजार जनाको विवरण चोरी
रेडक्रसबाट ५ लाख १५ हजार जनाको विवरण चोरी
  • २०७४ मंसिर २५, ०८: ४६: ०३

नयाँ विकल्प, काठमाडौं – जेनेभा (स्वीट्जरल्यान्ड)मानव सहायतावादी संस्था अन्तर्राष्ट्रिय रेड क्रसबाट ५ लाखभन्दा बढी व्यक्तिको व्यक्तिगत विवरण चोरी भएको छ।...

ट्रष्टको शाखा खोल्न पूर्वयुवराज्ञी हिमानी अमेरिकामा
ट्रष्टको शाखा खोल्न पूर्वयुवराज्ञी हिमानी अमेरिकामा
  • २०७४ मंसिर २५, ०८: ४६: ०३

नयाँ विकल्प, अमेरिका – पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष...