December 8, 2021, Wednesday

इण्डोनेसियाको बाली एयरपोर्ट खुल्यो

इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण तीन दिनदेखि बन्द रहेको बालीको विमानस्थल सञ्चालनमा आएको छ । इन्डोनसियाली अधिकारीले ज्वालामुखीको खरानीका कारण उक्त सहर प्रदूषित हुनुका साथै सो विमानस्थलबाट उडान पनि तीन दिनदेखि रोकिएको जनाएका थिए । केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविश्यवाणी गरिएको थियो । त्यसैले मङ्गलबार दोस्रो दिन पनि सो विमानस्थल बन्द राखिएको बताइएको थियो ।

ज्वालामुखीको खरानी निकै ठूलो मात्रामा निस्किएको र यसका कारण बालीमा रहेको एकमात्र अन्तराष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन । खरानीका कारण मानवीय समस्या त छँदैछ, यसले जहाजको इञ्जिनमा समेत क्षति पु¥याउने भएकोले । मङ्गलबार पनि उक्त विमानस्थलबाट उडान रोकिएको हो ।
बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको थियो ।

यसैकारण भूगर्भ्विद्ले ज्वालामुखीको खतराको भविश्यवाणी गरेका थिए । सरकारले सर्वसाधारण नागरिकलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरुलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७४ मंसिर १८, ०९: ३६: ५९

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७४ मंसिर १८, ०९: ३६: ५९

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...

सेनाको हेलिकप्टर दुर्घटना, दुई जना पाइलटको ज्यान गयो
सेनाको हेलिकप्टर दुर्घटना, दुई जना पाइलटको ज्यान गयो
  • २०७४ मंसिर १८, ०९: ३६: ५९

काठमाण्डौं । पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । पाइलटहरु मेजर इरफान बर्चा र मेजर...