गाजामा इजरायली आक्रमणमा परि २९ को मृत्यू – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

गाजामा इजरायली आक्रमणमा परि २९ को मृत्यू

काठमाडौं ।गाजापट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० प्रहरी अधिकृतको पनि ज्यान गएको हो ।

यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ । घाइतेहरूलाई गाजा सहरको अल–शिफा अस्पताल लगिएको छ । उद्धारकर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन् ।

इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमान्ड केन्द्र भएको दाबी गरेको छ। सेनाले आक्रमण गर्दा सर्वसाधारणलाई क्षति नपुगोस् भनेर सावधानी अपनाएको जनाएको छ ।

अन्य हवाई आक्रमणहरू गाजा सहर, खान युनिस र देइर अल–बालाह क्षेत्रमा पनि भएको जनाइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च १८ पछि सुरु भएका आक्रमणहरूमा हालसम्म एक  हजार ९७८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अक्टोबर सन् २०२३ देखि हालसम्मको कुल मृत्यु संख्या ५१ हजार ३५५ पुगेको छ ।

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०८२ बैशाख १२, ०७: २२

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०८२ बैशाख १२, ०७: २२

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०८२ बैशाख १२, ०७: २२

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...