नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा – Naya Bikalpa
November 9, 2026, Monday      Epaper

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार विमानमा २० जना यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए र दुर्घटनामा कोही पनि जीवित भेटिएनन्।

यो विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा रहेको थियो। उडेको केही समयमै राडारबाट सम्पर्कविहीन भएको उक्त विमानको भग्नावशेष ओन्डो राज्यको इग्बोकाडा सहरस्थित एक नौसैनिक अड्डानजिकै नदी किनारको सिमसार क्षेत्रमा फेला परेको थियो।

नाइजेरियाली वायुसेनाले घटनाको वास्तविक कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ। यसैबीच, विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।

सम्बन्धित समाचार

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
  • २०८३ आश्विन २१, ०९: ०६

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
  • २०८३ आश्विन २१, ०९: ०६

काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते...

कंगोमा इबोलाको प्रकोप तीव्र, संक्रमितको संख्या १० हजार नाघ्यो
कंगोमा इबोलाको प्रकोप तीव्र, संक्रमितको संख्या १० हजार नाघ्यो
  • २०८३ आश्विन २१, ०९: ०६

काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार...