अमेरिकासँग वार्ता नगर्ने उत्तर केरियाको अडान – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

अमेरिकासँग वार्ता नगर्ने उत्तर केरियाको अडान

उत्तर कोरियाले दक्षिण कोरियामा अमेरिकासँग भेटवार्ता नगर्ने अडान जारी राखेको छ । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता नगर्ने बताएको हो ।

शुक्रबारदेखि दक्षिण कोरियामा शुरु भएको शीतकालीन ओलम्पिक खेलकूदमा भाग लिन उत्तर कोरियाका उच्च सरकारी अधिकारी दक्षिण केरिया पुगेका छन् ।

उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको छ । उनी उत्तर कोरियाको संसदका प्रमुख हुन् । उनी विगत निकै लामो समयपछि दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली एक उच्च राजनीतिज्ञ हुन् । उनको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ ।
उक्त खेलकू्दमा उत्तर कोरियाले पनि सहभागिता जनाएका कारण दुई देशको सम्बन्धमा सुधार हुने आशा गरिएको छ ।

त्यसैकारण पनि यस खेलकूदलाई सम्बन्ध सुधारका रुपमा हेरिएको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तराष्ट्रिय रुपमा आलोचना हुँदै आएका छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७४ माघ २९, ०९: २४

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ माघ २९, ०९: २४

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७४ माघ २९, ०९: २४

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...