फ्लोरिडाको एक स्कुलमा गोली चल्दा १७ को मृत्यु – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

फ्लोरिडाको एक स्कुलमा गोली चल्दा १७ को मृत्यु

अमेरिकाको फ्लोरिडा पार्कल्याण्डस्थित एउटा स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ । पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा स्कुलकै १९ वर्षिय पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाएको र गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताए ।

स्थानीय समय अनुसार बुधबार बिहान पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डग्लस हाइस्कुलमा अन्धाधुन्ध गोलो चलेको हो । गोली लागी अन्य कतीपय विद्यार्थीहरू घाइते भएको जनाएको छ । १२ जनाको स्कुल भित्रै, दुई जनाको स्कुल बाहिर, एक जनाको स्कुल नजिकैको रोडमा र दुई जनाको हस्पिटलमा मृत्यु भएको बताइएको छ । अन्धाधुन्द गोली चलाउने १९ वर्षिय निकोलस क्रुजलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही सुरु गरिएको बताइएको छ ।

बन्दुकधारी, क्रुजलाई सोही स्कुलबाट अनुशासनहीनताका कारण केही समय अघि निकालिएको थियो । सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । सन् २०१२ मा कनटिकटमा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको । गोली लागेर घाइते भएका थप १७ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर बताइएको छ ।

सम्बन्धित समाचार

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ फाल्गुन ७, ०६: ३३

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७४ फाल्गुन ७, ०६: ३३

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...

भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
  • २०७४ फाल्गुन ७, ०६: ३३

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...