राष्ट्रपति जुमाद्वारा राजीनामा – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

राष्ट्रपति जुमाद्वारा राजीनामा

दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले राजीनामा दिएका छन् । उनले स्थानीय टेलिभिजन मार्फत राजीनामा दिएका हुन् । गल्ती गरेको स्वीकार्दै उनले आफू र अरू कोही पनि पूर्ण नभएको बताए ।
जुमाले सत्ता हस्तान्तरणका लागि आफ्नो दलसँग केही महिनाको समय मागेको र आफूले गरेका गल्तीबारे जान्न मात्र चाहेको बताए ।

महाभियोग र अविश्वासको प्रस्ताव ल्याउने धम्कीबाट आफूलाई डर नलागेको उनले बताए । पद त्यागेपछि सेवा, सुविधाहरू गुम्ने डर आफूमा भएको दावीको पनि उनले खण्डन गरे । सत्तारूढ एएनसीको निर्णयसँग आफू असहमत भए पनि तत्काल लागू हुने गरी राजीनामा दिएको उनले घोषणा गरे ।

योसँगै जुमा युगको अन्त्य भएको छ । किशोर अवस्थाको दक्षिण अफ्रिकाको लोकतन्त्रलाई चुस्त मान्ने गरिन्छ।यसअघि सत्तारूढ एएनसी पार्टीले राजीनामा दिन अथवा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो । उपराष्ट्रपति एवं पार्टी सभापति सिरिल रामापोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि दवाब बढिराखेको थियो । भ्रष्टाचारसहितका कैयौँ आरोप झेलिरहेका जुमा सन् २००९ देखि सत्तामा रहँदै आएका थिए ।

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७४ फाल्गुन ७, ०६: ३५

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ फाल्गुन ७, ०६: ३५

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७४ फाल्गुन ७, ०६: ३५

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...