मालदिभ्समा संकटकाल ३० दिनको लागि गरिएको छ । मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति गरेको हो । यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेको थियो ।
मालदिभ्सको सर्वोच्च अदालतको फेब्रुअरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहमद नसीदको रिहाईका लागि आदेश गरेको थियो । त्यसपछि राष्ट्रपति यामिनले राष्ट्रिय सुरक्षामा चुनौति तथा संवैधानिक सङ्कट बढेको भन्दै गत १५ दिनदेखि सङ्कटकाल घोषण गरेका हुन् । संसदमा भएको मतदानमा प्रतिपक्षी दलका विधायकले भने सहभागी भएनन् ।
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...