भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको छ । राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने जानरकाी दिए । बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको बताइएको छ भने आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो ।
घटना भएको काराबोबोमा आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको बताइन्छ । थुनुवाका आफन्तहरूको धूँवामा निसासिएर धेरैजनाको ज्यान गएको जनाइएको छ । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न पुगेका महिला तथा बालबालिका समेत रहेका बताइन्छ । त्यसैगरी, रूसको एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।
साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा सोमबार भएको आगलागीमा थुप्रै मानिसहरु हराएका समेत थिए । विन्टर चेरी मलको चौथो तलाबाट आगो सल्किएको जनाइएको छ । भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हललगायत रहेको भवनमा रुसको मारिनेमा धेरेजसो सिनेमा हलका दर्शक रहेको बताइएको छ ।
राजधानी मस्कोदेखि २२ सय माइल टाढा उक्त शहर कोइला उत्पादनका लागि प्रसिद्ध छ । स्थानीयबासीका अनुसार सन् २०१३ मा बनाइएको सो शपिङ मल निकै चर्चित छ । रुसको चाँच समितिले उक्त घटनालाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ ।
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...