म्यानमारको नयाँ राष्ट्रपतिमा विन म्यिनलाई निर्वाचित भएका छन् । गत हप्ता राष्ट्रपति टिन च्वले राजीनामा दिएपछि उनको उत्तराधिकारी छान्न बुधवार निर्वाचन भएको थियो । म्यिन सन् २०१२ देखि म्यानमारको तल्लो सदनको सभामुख थिए भने उनलाई नेतृ आङ सान सुचीको विश्वासिलो पात्रको रुपमा हेरिन्छ ।
च्वले स्वास्थको कारण राजीनामा दिएपछि संसद्ले सात दिनभित्र उनको उत्तराधिकारीको निर्वाचन गर्नुपर्ने राष्ट्रपतिको निर्वाचन गराइएको थियो ।
निर्वाचनमा तीन जना उपराष्ट्रपतिहरू प्रतिस्पर्धामा थिए ।
च्वले गत हप्ता राजीनामा दिएका थिए । राष्ट्रपति पद पाउने सङ्केतस्वरूप ६६ वर्षीय म्यिनलाई गत हप्ता नै उपराष्ट्रपति बनाइएको थियो । उनी लामो समयदेखि सू चीको नेश्नल लिग फर डेमोक्रेसी पार्टीसँग आबद्ध छन् । सू चीलाई सैनिक शासकहरूले लामो समय थुनामा राखेका थिए । उनलाई नै लक्षित गरेर म्यानमारको संविधानमा विदेशीसँगको सम्बन्धबाट सन्तान भएका नागरिकले राष्ट्रपति बन्न नपाउने प्रावधान राखिएको मानिन्छ । उनका दिवङ्गत पति ब्रिटिश थिए र उनीहरूका दुई सन्तान छन् ।
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...