नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको ६ वर्षपछि पटक पाकिस्तान फर्केकी छिन् । हाल २० वर्ष पुगेकी युसुफजाइ शिक्षाको लागि का मगर्दै आएकी छिन् ।
बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एक बन्दुकधारीले उनको टाउकोमा गोली हानेका थिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै युसुफजाइको भ्रमणसम्बन्धी विस्तृत विवरण गोप्य राखिएको छ यद्यपी उनी चार दिनका लागि पाकिस्तान पुगेको बताइन्छ । युसुफजाइले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग भेटवार्ता गर्ने अनुमान गरिएको छ ।
कडा सुरक्षाबीच इस्लामाबादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना आमाबुबासँग उनले बिहिबार भेट गरिन् । ११ वर्षकै उमेरमा युसुफजाइले तालेबान विद्रोहीको शासनमा उत्तर–पश्चिमी पाकिस्तानमा आफ्नो जिन्दगीबारे बीबीसी उर्दूका लागि अज्ञात डायरी लेख्न शुरू गरेकी थिइन् । लडाकुहरूको दमनका माझ बालिका शिक्षाकी एक प्रखर अभियानकर्मी युसुफजाइमाथि १५ वर्षकी छँदा उनी चढेको स्कूल बसमाथि आक्रमण गरिएको थियो । त्यसपछि उनको कथा अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको हो ।
उनीमाथि गोली प्रहार गरिएपछि उपचारका लागि ब्रिटेनको बर्मिङघम पु¥याइएको थियो । पछि उनको परिवार त्यहीँ बस्न थालेको हो । सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेपछि युसुफजाइले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनसँगै शिक्षासम्बन्धी अभियान पनि जारी राखेकी छन् । सन् २०१४ मा बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको राजनीतिमा प्रवेश गर्ने र देशको प्रधानमन्त्री बन्ने उद्देश्य राखेको बताएकी थिईन् ।
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...