पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अयोग्य ठहर – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अयोग्य ठहर

पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धी अभियोगहरुमा गरिएको छानबिनपछि प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक ओहदामा बसिरहन अयोग्य घोषित गरेको छ । सन् २०१५ मा भएको चर्चित ‘पनामा पेपर्स’ प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिबारे छानबिन भएको थियो । ‘पनामा पेपर्स’ प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिबारे छानविन गर्न गठन गरिएको टोलीले गत जुलाई १० मा आफ्नो प्रतिवेदन पेश गरेको थियो ।
उक्त फैसलापछि नवाज शरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए र मन्त्रिमण्डल भंग भएका थियो । शरिफले निरन्तर रुपमा आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । पाकिस्तानको राजधानी इस्लामावादमा कडा सुरक्षा व्यवस्था माझ सर्वोच्च अदालतले त्यस्तो फैसला सुनाएको हो ।
‘पनामा पेपर्स’ प्रकरणलाई लिएर सरीफ विरुद्ध उजुरी दायर गर्नेहरु मध्ये विपक्षी पाकिस्तान तहरिक (ए) इन्साफ पार्टीका अध्यक्ष तथा भूतपूर्व क्रिकेट खेलाडी इमरान खान पनि एक थिए । अदालतमा फैसला सुन्नका लागि मानिसहरुको ठूलो भिड लागेको थियो ।

सम्बन्धित समाचार

ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
  • २०७५ बैशाख ४, ०८: ४१

काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
  • २०७५ बैशाख ४, ०८: ४१

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...

भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो, हजारौँ भवन क्षतिग्रस्त
भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो, हजारौँ भवन क्षतिग्रस्त
  • २०७५ बैशाख ४, ०८: ४१

काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष...