सैनिक विमान दुर्घटना हुँदा अढाई सयको मृत्यु – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सैनिक विमान दुर्घटना हुँदा अढाई सयको मृत्यु

अल्जेरियामा एउटा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा अढाई सयभन्दा धेरैको ज्यान गएको अल्जेरियाले जनाएको छ । मृत्यु हुनेमा अल्जेरिया–समर्थित तथा पश्चिमी साहारा क्षेत्रमा मोरोक्कोबाट अलग हुन खोजिरहेका पोलिसारियो मोर्चाका २६ जना सदस्यहरू रहेका बताइएको छ । राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा भएको थियो । तर दुर्घटनाको कारण भने अझै स्पष्ट भएको छैन ।

मृतकको आधिकारिक संख्या सार्वजनिक पनि गरिएको छैन । भिडिओ दृश्यमा विमान खसेको ठाउँमा भग्नावशेषबाट धुवाँ उडिरहेको देख्न सकिन्छ भने टेलिभजन समाचार विवरणहरूका अनुसार घटनास्थलमा १४ वटा एम्बुलेन्सहरू पुगेका थिए । अल्जेरियाको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेनाका प्रमुखले दुर्घटनाबारे छानबिन गर्न आदेश दिएका छन् ।

सम्बन्धित समाचार

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ बैशाख ४, ०८: ४३

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७५ बैशाख ४, ०८: ४३

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...

भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
  • २०७५ बैशाख ४, ०८: ४३

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...