प्रदर्शनपछि रामापोसा स्वदेश फर्किए – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

प्रदर्शनपछि रामापोसा स्वदेश फर्किए

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले देशमा भइरहेका हिंसात्मक प्रदर्शनहरू नियन्त्रण गर्ने प्रयासका लागि ब्रिटेनमा जारी कमलवेल्थ राष्ट्रहरूको शिखर सम्मेलनमा आफ्नो उपस्थिति छोट्याएका छन् । दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तमा रोजगारी, आवास र भ्रष्टाचारको अन्त्य माग गर्दै प्रदर्शनी जारी छ ।

गएको फेब्रअरीमा पद सम्हालेका रामापोसाले ब्रिटेनमा रहँदा दक्षिण अफ्रिकामा लगानी गर्न अनुरोध गरेका थिए । तर देशको उत्तर पश्चिम क्षेत्रमा रामापोसाकै सत्तारूढ दल अफ्रिकी न्याश्नल कंग्रेसका नेता एवं प्रान्तीय सरकार प्रमुखको राजीनामा माग गर्दै बुधवार दक्षिण अफ्रिकामा प्रदर्शनहरू भइरहेको छ । शुक्रवार रामापोसाले उक्त प्रान्तको राजधानी माहीकेङमा अफ्रिकी न्याश्नल कंग्रेसका नेताहरूसँग भेटवार्ता समेत गरे । पछिल्ला हिंसात्मक प्रदर्शनहरूको केन्द्रमा रहेको उक्त स्थानमा लुटपाट र प्रहरी एवं प्रदर्शनकारीबिच झडपपछि बिहीवार सुनसान बनेका विवरणहरू आएका थिए ।

रामापोसाले धैर्यता देखाउन र प्रहरीलाई संयम अपनाउन निर्देशन दिएका छन् । हिंसात्मक प्रदर्शनहरूपछि छिमेकी बोत्स्वानाले उत्तर पश्चिम प्रान्तसँगको सीमा पनि बन्द गरिएको छ । पूर्वराष्ट्रपति जेकब जुमाबाट सत्ता लिएयता देशको कमजोर अर्थतन्त्र उकास्ने विषय रामापोसाको प्राथमिकतामा रहँदै आएको छ । जुमाको सरकारले वर्षौँदेखि भ्रष्टाचारको आरोपहरू खेपिरहेको छ र दक्षिण अफ्रिकामा आर्थिक वृद्धिदर कमजोर र बेरोजगारीको दर उच्च रहेको छ । उनले आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताउँदै आएका छन् । – बीबीसीबाट

सम्बन्धित समाचार

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
  • २०७५ बैशाख १०, ०९: १०

एजेन्सी : थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना...

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७५ बैशाख १०, ०९: १०

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७५ बैशाख १०, ०९: १०

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...