अमेरिकामा खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरियन्ट’ को सङ्क्रमण बढ्दो – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

अमेरिकामा खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरियन्ट’ को सङ्क्रमण बढ्दो

एजेन्सी

बासिङ्टन- खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताएका छन्।

उनले खोप कोभिड–१९ सङ्क्रमण दर रोक्न एउटा उत्तम विकल्प भएको बताउँदै कोरोना भाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरियन्ट’ बढिरहेको बताए। फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परमार्जन गर्नेबारे पनि कुराकानी भइरहेको बताए। उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने प्रकारका खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको जानकारी दिए। अमेरिकामा हालसम्म जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन्।

अमेरिकामा दैनिक ४० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने दैनिक करिब २५० को हाराहारीमा मृत्यु भएको तथ्याङ्क छ।

न्यू योर्क टाइम्सले विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ। अमेरिकामा हाल सम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ।

अमेरिकामा दैनिक साढे पाँच लाख व्यक्तिका दरले कोभिड–१९ परीक्षण गरिएको छ भने पछिल्ला दिनमा कोभिड परीक्षण गर्न अस्पताल जाने को सङ्ख्या १३ प्रतिशतले घटेको छ। अमेरिकामा अहिले २६ हजार ३०२ जना कोरोना सङ्क्रमितले अस्पतालमा भर्ना भई सेवा लिइरहेका बताइएको छ ।

अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि भएको छ। जुलाई २६ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ। अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ। एपी

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण १२, ०८: १४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ श्रावण १२, ०८: १४

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
  • २०७८ श्रावण १२, ०८: १४

काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...