दक्षिण कोरियाद्धारा नेपालसहित २६ देशका विद्यार्थीलाई प्रवेशमा रोक – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

दक्षिण कोरियाद्धारा नेपालसहित २६ देशका विद्यार्थीलाई प्रवेशमा रोक

नयाँ विकल्प,

काठमाडौं – दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेशमा रोक लगाइएको छ ।

पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले रोक लगाएको हो । दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर शुरु हुँदैछ ।

सुरु हुने भए तापनि यहाँको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न भनेको हो ।

मन्त्रालयका अनुसार कम्तीमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाएसम्म विदेशी बिधार्थी हाललाई स्वीकार्य हुने छैन ।

नेपालसहित तत्काल प्रवेशमा रोक लगाएका देशहरूमा भारत, दक्षिण अफ्रिका, मलावी, बोत्सवाना, मोजाम्बिक, इस्वातिनी, जिम्बाब्वे, बङ्गलादेश, ब्राजिल, सुरिनाम, पाराग्वे, चिली, उरुग्वे, फिलिपिन्स, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियतनाम, रुस, लेबनान, मलेसिया, हाइटी, अंगोला, कुवेत र त्रिनिदाद र टोबागो छन् ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण १८, २२: ३६

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ श्रावण १८, २२: ३६

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ श्रावण १८, २२: ३६

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...