२० महिनामा २० करोडभन्दा धेरैमा कोरोना सङ्क्रमण – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

२० महिनामा २० करोडभन्दा धेरैमा कोरोना सङ्क्रमण

नयाँ विकल्प,
काठमाडौं – विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २० करोड नाघेको छ ।

२० महिनाअघि सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका २० करोड चार लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो ।

यसमध्ये सबैभन्दा धेरै अमेरिकामा तीन करोड ६० लाख ४९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा तीन करोड १७ लाख ६९ हजार र तेस्रोमा ब्राजिलमा एक करोड ९९ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

भाइरसको सङ्क्रमण फैलिन सुरु भएको चीनमा अहिलेसम्म ९३ हजार दुई सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै विश्वमा सङ्क्रमण पुष्टि भएका मध्ये १८ करोड ६ लाखभन्दा धेरै निको भइसकेका छन् ।

सङ्क्रमणका कारण ४२ लाख ६३ हजारभन्दा धेरैको ज्यान गएको कोरोनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको वेबसाइट वर्ल्डोमिटरले जनाएको छ ।

विश्वमा अहिलेसम्म चार अर्ब २५ करोड मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २०, २०: ५९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ श्रावण २०, २०: ५९

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ श्रावण २०, २०: ५९

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...