
नयाँ विकल्प,
काठमाडौं – लेबनानले मुलुक गम्भीर सङ्कटमा पुगेकाले सहयोगका लागि विश्व समुदायलाई अनुरोध गरेको छ ।
राष्ट्रपति मिचेल औनले बुधबार मुलुक अति अप्ठ्यारो अवस्थामा पुगेको बताउँदै सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा विश्व समुदायको सहयोग अत्यावश्यक भइसकेको उल्लेख गरिएको छ ।
विकासमा धेरै पछाडि परेको मुलुक लेबनानमा अहिले अकल्पनीय तरिकाले गरिबीको बृद्धि बढिरहेको छ ।
त्यसैगरी कोरोनाभाइरसको महामारीले पनि लेबनानलाई नराम्रोसँग थला पारेको छ । महामारीका कारण औषधिको अभाव र स्वास्थ्य सेवामा समस्या भइरहेको छ ।
सरकारी अधिकारीहरूका अनुसार सिरियाबाट विस्थापितहरुको ठूलो भार पनि लेबनानलाई नै परेको छ । त्यसैले लेबनानलाई सहयोगको खाँचो परेको उनीहरूले बताएका छन् ।
लेबनानमा अहिले विद्युत् तथा पानीसम्बन्धी सेवाका लागि भौतिक संरचनाहरू निर्माण तथा मर्मत गर्न सहयोगको आवश्यकता रहेको छ ।
त्यसैगरी लेबनानको सैनिकलाई पनि सहयोगको खाँचो रहेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...