भूपू गोर्खाको आमरण अनशनमा बेलायती प्रहरीको हस्तक्षेप – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

भूपू गोर्खाको आमरण अनशनमा बेलायती प्रहरीको हस्तक्षेप

तस्बिर स्रोतः बीबीसी

नयाँ विकल्प

लन्डन- भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ। बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको छ।

प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको पास्ता नगरी हटाइदिएको थियो। त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरेका थिए।

कानूनको बहाना बनाएर अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए। भोक हड्ताल गरिरहेका गोर्खाहरूका सम्बन्धमा सङ्घीय प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उच्चस्तरीय समिति गठन गर्न मङ्गलबार नै निर्देशन दिएको छ।

बेलायत सरकारले समय तोकेर आधिकारिक जवाफ नदिएसम्म आन्दोलन नटुङ्गिने सत्याग्रह समितिले जनाएको छ। पछिल्लो चार दिनदेखि भूपू गोर्खाहरू ज्ञानराज, धनमाया गुरुङ र पुष्पा राना घले भोक हड्तालमा छन्।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण २७, ०७: १५

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ श्रावण २७, ०७: १५

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ श्रावण २७, ०७: १५

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...