गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

नयाँ विकल्प

लन्डन- गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ।

विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ।

पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर असमान पेन्सनका बारेमा तत्काल कदम चाल्न भनिसकेको बताए।

बुधबार स्थानीय सञ्चारमाध्यममा लेबर पार्टीका सांसद मोर्गनले भने, “गोर्खाहरूले २०० वर्ष हाम्रो देशमा सेवा गरेका कारण हाल उठाइएको मुद्दामा हाम्रो चासो र चिन्ता रहेको छ, सरकारले यो अपमानजनक कार्य अन्त्य गर्ने कुरा दुई वर्षअघि नै गरे पनि हालसम्म हुन सकेको छैन, अब यो अपमानजनक कार्य तत्काल अन्त्य हुनुपर्छ, हामी गोर्खाहरूको पक्षमा छौँ।”

उनले तीन गोर्खाले न्यायका लागि मर्न तयार रहेको भनिरहँदा बेलायती समाजमा यो कालो धब्बाका रूपमा देखिने बताए।

अनशनरतमध्येका एक धन गुरुङले भने, “हाम्रो पुर्खाले यो देश बचाउन प्राण आहुति गरे, अब हामीले न्यायका लागि प्राण त्याग्न तयार हुनुपरेको छ।”

यसै सन्दर्भमा रक्षा मन्त्रालयका प्रवक्ताले बेलायती सेनामा गरेको ठूलो योगदानको मूल्याङ्कन गरेर गोर्खाहरूको उपचार र पेन्सनको व्यवस्था गरेको तथा बेलायतको पेन्सन प्रावधानलाई ध्यानमा राखी उचित र न्यायोचित पेन्सन वितरण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७८ श्रावण २८, ०७: ४३

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७८ श्रावण २८, ०७: ४३

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह
बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह
  • २०७८ श्रावण २८, ०७: ४३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गरेका छन् ।...