ट्वीटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

ट्वीटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने

एजेन्सी

वासिङ्टन- चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ।

गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो

गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्वीटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन्।

व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइजती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्वीटरले गरेको थियो।

गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिनसकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन्। विषेश गरेर राजनीति, जनस्वास्थ्यलगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्वीटरको प्रयास हो।

कुनै ट्वीटर ह्यान्डलबाट पटक पटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रीय पारिदिनेसम्मको योजना ट्वीटरले बनाएको जनाइएको छ।

अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था गरिएको छ। यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन्। एएनआई

सम्बन्धित समाचार

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनमा क्षति, केही घाइते
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनमा क्षति, केही घाइते
  • २०७८ भाद्र ४, ०९: ४८

काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। कोलम्बियाली भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे भूकम्प...

चुनदेवी कांग्रेसको भेलामा खड्का, कोइराला नजाने !
चुनदेवी कांग्रेसको भेलामा खड्का, कोइराला नजाने !
  • २०७८ भाद्र ४, ०९: ४८

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेर वहादुर देउवाले दायर मुद्धामा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेसंगै कांग्रेसको राजनीति...

बच्चाचिरेर आधालिने कि सखल्लबच्चाबचाउने ?वहुसंकटको बेलामाध्यानदिएर अघि बढ्ने हो कि ?
बच्चाचिरेर आधालिने कि सखल्लबच्चाबचाउने ?वहुसंकटको बेलामाध्यानदिएर अघि बढ्ने हो कि ?
  • २०७८ भाद्र ४, ०९: ४८

  १. नेपालीकांग्रेसको आगामीमहाधिवेशनकहिले हुुन्छ ? नेपालीकांग्रेसको विवादले नयाँआकार लिनथालेको छ । सामान्यतयाअहिलेभन्दापनि धेरै ठुला संकटको सामना गरेर आजको अवस्थासम्म...