‘काबुल विमानस्थलमा अतिवादी हमलाको जोखिम उच्च’ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

‘काबुल विमानस्थलमा अतिवादी हमलाको जोखिम उच्च’

नयाँ विकल्प,

काबुल- केही पश्चिमेली मुलुकले काबुल विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई सेचत रहन आग्रह गरेका छन्। आफ्ना नगारिकलाई काबुल विमानस्थल नजानसमेत ती देशले अनुरोध गरेका छन्।

अमेरिका, अस्ट्रेलिया, बेलायतले काबुल विमानस्थलमा जुनसुकै बेला हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई त्यहाँ नजान आग्रह गरेका हुन्। विदेशी सेनासँगै फर्किन चाहने अफगानीका कारण पछिल्ला दिनमा काबुल विमानस्थल अस्तव्यस्त बनेको छ।

बिहीबार अस्ट्रेलियाका विदेशमन्त्री म्यारिस पेनीले विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम भएको बताए। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई काबुल विमानस्थल छोड्न निर्देशन दिएको केही घन्टापछि पेनीको भनाइ आएको हो।

त्यस्तै, बेलायतले पनि आफ्ना नागरिकलाई यस्तै सुझाब दिएको छ। विमानस्थलबाट सुरक्षित क्षेत्रतर्फ जान र सरकारको सुझाब मनन गर्न बेलायतको विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई अनुरोध गरेको छ।

विमानस्थलको सुरक्षा अवस्था निकै जोखिमपूर्ण रहेको मन्त्रालयले भनेको छ। तर, सुरक्षा जोखिमबारे यी तीनैवटा देशले थप विवरण उल्लेख गरेका छैनन्।

हमलाको जोखिम बढेसँगै आफ्ना नागरिकलाई स्वदेश फर्काउने कार्य तीब्र पार्ने बताएका छन्।

तालिावनले सर्वसाधारण अफगानीलाई देश नछोड्न चेतावनी दिँदै आएका छन्। अहिलेसम्म ८२ हजारले काबुल विमानस्थल छाडिसकेका छन्।

तालिवान र अमेरिकाबीच यसअघि भएको सहमतिअनुसार आगामी ३१ अगस्टभित्र अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छोड्नुपर्छ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र १०, ११: २८

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ भाद्र १०, ११: २८

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ भाद्र १०, ११: २८

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...