पाकिस्तानमा यही आउँदो बुधवार आमनिर्वाचन हुँदैछ । यस पटक चुनावमा केही रोचक कुराहरु पनि हुँदैछन् जुन यसअघि भएको थिएन ।
१. पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन् । त्यहाँ सैनिक विद्रोहको इतिहास रहिआएको छ । सन् १९७० मा त्यहाँ पहिलो पटक आमनिर्वाचन भएको थियो । पाकिस्तानको इतिहासमा निवाचित सरकारले गैरसैनिक सरकारलाई सत्ता सुम्पेको पहिलो पटक हुनेछ ।
२. तीन पटक प्रधानमन्त्री भइसकेका एक नेता चुनावमा लड्न पाउने छैनन् । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ पूर्वप्रधानमन्त्री नवाज शरिफले १० वर्ष जेल सजाय पाएका छन् । शरिफले राजनीतिक पूर्वाग्रह राखी आफूलाई फसाइएको बताउने गरेका छन् ।
३. यो चुनावमा ठूलो संख्यामा उग्र दक्षिणपन्थी र कट्टर विचारधाराका उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । चुनावी अभियानमा ईशनिन्दा एउटा महत्वपूर्ण मुद्दा बनेको छ । ईशनिन्दामा त्यहाँ मृत्युदण्डको सजाय हुने व्यवस्था छ ।
४. आसन्न चुनाव यो अर्थमा पनि महत्वपूर्ण छ कि विगतका तुलनामा बढी महिलाले प्रतिस्पर्धा गर्दैछन् । संसद्को २७२ सीटमध्ये देशभरिबाट १७१ जना महिला चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन कानून अनुसार कुनै पनि निर्वाचन क्षेत्रमा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार भए चुनावी प्रक्रिया रद्द हुन्छ ।
५. यो पटकको चुनावमा पाँचजना तेस्रो लिङ्गीले पनि प्रतिस्पर्धा गर्न लागेका छन् । पाकिस्तानमा तेस्रो लिङ्गीहरू अल्पसंख्यक समुदायभित्र पर्छन् । पहिलो पटक सन् २०१३ मा उनीहरूलाई लड्न पाउने अनुमति दिइएको थियो। चुनावी पर्यवेक्षणमा यसपाली तेस्रो लिङ्गीहरूलाई पनि सहभागी गराइने भएको छ ।
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...