पाकिस्तानको चुनावबारे केही रोचक प्रसंग – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

पाकिस्तानको चुनावबारे केही रोचक प्रसंग

पाकिस्तानमा यही आउँदो बुधवार आमनिर्वाचन हुँदैछ । यस पटक चुनावमा केही रोचक कुराहरु पनि हुँदैछन् जुन यसअघि भएको थिएन ।

१. पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन् । त्यहाँ सैनिक विद्रोहको इतिहास रहिआएको छ । सन् १९७० मा त्यहाँ पहिलो पटक आमनिर्वाचन भएको थियो । पाकिस्तानको इतिहासमा निवाचित सरकारले गैरसैनिक सरकारलाई सत्ता सुम्पेको पहिलो पटक हुनेछ ।

२. तीन पटक प्रधानमन्त्री भइसकेका एक नेता चुनावमा लड्न पाउने छैनन् । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ पूर्वप्रधानमन्त्री नवाज शरिफले १० वर्ष जेल सजाय पाएका छन् । शरिफले राजनीतिक पूर्वाग्रह राखी आफूलाई फसाइएको बताउने गरेका छन् ।

३. यो चुनावमा ठूलो संख्यामा उग्र दक्षिणपन्थी र कट्टर विचारधाराका उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । चुनावी अभियानमा ईशनिन्दा एउटा महत्वपूर्ण मुद्दा बनेको छ । ईशनिन्दामा त्यहाँ मृत्युदण्डको सजाय हुने व्यवस्था छ ।

४. आसन्न चुनाव यो अर्थमा पनि महत्वपूर्ण छ कि विगतका तुलनामा बढी महिलाले प्रतिस्पर्धा गर्दैछन् । संसद्को २७२ सीटमध्ये देशभरिबाट १७१ जना महिला चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन कानून अनुसार कुनै पनि निर्वाचन क्षेत्रमा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार भए चुनावी प्रक्रिया रद्द हुन्छ ।

५. यो पटकको चुनावमा पाँचजना तेस्रो लिङ्गीले पनि प्रतिस्पर्धा गर्न लागेका छन् । पाकिस्तानमा तेस्रो लिङ्गीहरू अल्पसंख्यक समुदायभित्र पर्छन् । पहिलो पटक सन् २०१३ मा उनीहरूलाई लड्न पाउने अनुमति दिइएको थियो। चुनावी पर्यवेक्षणमा यसपाली तेस्रो लिङ्गीहरूलाई पनि सहभागी गराइने भएको छ ।

सम्बन्धित समाचार

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७५ श्रावण ७, ०७: १८

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...

ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
  • २०७५ श्रावण ७, ०७: १८

काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
  • २०७५ श्रावण ७, ०७: १८

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...