
एजेन्सी,
लण्डन- तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा आज (आइतबार) लण्डनमा नेपाली मेलाको आयोजना हुँदैछ। मेलामा विशेषगरी बेलायतस्थित नेपाली संघसस्थाहरूले नेपाली झाँकीहरू प्रस्तुत गर्ने छन् ।
करिब तीन हजार भन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको सो मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
मेलमा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गर्ने तयारी गरेका छन् ।
लन्डनस्थित केम्प्टनपार्क रेस कोर्समा हुने मेलामा प्रस्तुत झाँकीमध्ये उत्कृष्ठ विजेतालाई एम्बासडर कपसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
नेपाली मेला तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...