श्रद्धा र रोहणको सम्बन्धबारे बोले शक्ति कपूर – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

श्रद्धा र रोहणको सम्बन्धबारे बोले शक्ति कपूर

नयाँ विकल्प,

काठमाडाैं- मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ। नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेकाे छ। 

यद्यपि यसबारे आधिकारिक पुष्टि भएकाे छैन। टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन्। 

‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ। उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्,’ शक्तिले भनेका छन् ,’तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन।’

श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उनले प्रस्ट्याए। ‘मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्,’ उनले भने। उनले यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको बताए। 

केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ। यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि स्पोट गरिएको छ। तर, यिनले सम्बन्धको बारेमा केही बोलेका छैनन्।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र १४, ०८: ०१

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र १४, ०८: ०१

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो
  • २०७८ भाद्र १४, ०८: ०१

काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२...