
एजेन्सी,
यांगुन- बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ।
बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो। संस्थापक जाले सेनाको जुन्ता सरकारलाई हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ।
म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न सो समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ। सेनाको दमनका कारण लाखौं रोहिन्जाले देश छोडेर वंगलादेश पुगेका थिए। फेब्रुवरीमा सेनाले ‘कू’ गरेपछि बेलायतले म्यानमारका निश्चित व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो।
अल्पसंख्यकमाथि सेनाको जुन्ता सरकारले गरेको दमन तत्काल रोक्न समेत बेलायतले माग गरेको छ। ‘जुन्ता सरकारले म्यानमारका नागरिकमाथि गरेको दमन रोक्ने कुनै संकेत देखिदैन,’ बेलायतका विदेशमन्त्री डोमिनिक रयाबले भने।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...