पन्जशिरमा तालिवानले फहरायो विजयको झन्डा, देशव्यापी प्रतिरोध गर्ने विद्रोहीको चेतावनी – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

पन्जशिरमा तालिवानले फहरायो विजयको झन्डा, देशव्यापी प्रतिरोध गर्ने विद्रोहीको चेतावनी

एजेन्सी

काबुल- तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा अवस्थित पन्जशिर प्रान्तमा भएको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ।

सो उपत्यकामा तालिवान र त्यहाँका विद्रोही न्यासनल रेजिस्टेन्स फ्रन्टबीच चार दिनदेखि लडाइँ भएको थियो। काबुल कब्जा गरे पनि सो प्रान्तमा तालिवान पुग्न सकेको थिएन।

सोमबार अबेर सार्वजनिक गरिएको एउटा भिडियोमा लडाकुहरुले तालिवानको झन्डा उचालेको देखिन्छ। तर, विद्रोही फ्रन्टले भने आफूहरु सबै रणनीतिक स्थानमा उपस्थित रहेको जनाउदै युद्ध जारी रहेको बताएको छ। उसले तालिवानविरुद्ध देशव्यापी विद्रोह गर्ने चेतवानी दिएको छ।

‘तपाई जहाँ भए पनि तालिवानविरुद्ध देशव्यापी विद्रोह गर्न आह्वान गर्छु’, फ्रन्टका नेता अहमद मसुदले भने। तालिवानलाई मान्यता दिने अन्तर्राष्ट्रिय समुदायप्रति उनले असन्तुष्टि जनाएका छन्।

तालिवानले तीन साताअघि काबुल नियन्त्रणमा लिए पनि पन्जशिर उसको नियन्त्रण बाहिर थियो। करिब दुई लाख जनसंख्या भएको पन्जशिर उपत्यकालाई चारैतिर डाँडाले घेरेको छ।

यसअघि सन् १९८० को दशकमा रसिया र १९९६ मा मा तालिवानले गरेको हमलालाई पन्जशिरका मानिसले बिफल पारिदिएका थिए।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र २२, ०८: ५९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ भाद्र २२, ०८: ५९

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ भाद्र २२, ०८: ५९

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...