तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा

एजेन्सी

बेइजिङ- चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ। तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो।

अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले चीनले अफगानिस्तानलाई ३ करोड १० लाख बराबरको खाद्यन्न, लत्ताकपडा, खोप तथा औषधिलगायतको सहयोग गर्ने घोषणा गरेका हुन्।

इस्लामावादमा आयोजित सो वैठकमा चीन, पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तानका विदेशमन्त्रीहरुको सहभागीता थियो। यी सबै देश अफगानिस्तानका छिमेकी मुलुक हुन्।

अफगानिस्तानप्रति सहानुभूती राख्ने अर्को छिमेकी मुलक रसिया भने वैठकमा सहभागी भएन।

विदेशमन्त्री वाङले पहिलो ब्याचमा चीनले अफगानिस्तानलाई ३० लाख कोभिड खोप अनुदान दिने बताए। चीनले अफगानिस्तानलाई अन्य आपतकालिन सामग्री पनि उपलब्ध गराउने भएको छ।

अफगानिस्तानको अर्थतन्त्र तथा समाज पुनर्निर्माण र अतिवादी समूह तथा लागू पदार्थको गैरकानूनी ओसारपसार नियन्त्रण गर्न चीनले यस क्षेत्रका देशहरुसँग सहकार्य गर्ने जनाएको छ।
तालिवान समूहले मंगलबार मुल्लाह मोहमद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको थियो।

सरकार गठनलाई चीनले स्वागत गरिसकेको छ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र २४, ०९: २१

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ भाद्र २४, ०९: २१

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०७८ भाद्र २४, ०९: २१

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...