जिम्बाब्वेको राष्ट्रपतिमा एमरसन विजयी – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

जिम्बाब्वेको राष्ट्रपतिमा एमरसन विजयी

जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपतीय चुनावमा सत्तारूढ दलका नेता एमरसन मनाङ्गाग्वा निर्वाचित भएको औपचारिक घोषणा गरेको छ । मनाङ्गाग्वाले आधाभन्दा बढी मत पाएपछि उनलाई औपचारिक रूपमा विजयी घोषणा गरिएको हो । तर विपक्षी गठबन्धनले मतपरिणाम स्विकार्न नसकिने बताएको छ ।

१० प्रदेशको अन्तिम मत परिणाम घोषणा हुँदा जानु पीएफ पार्टीका मनाङ्गाग्वाले करिब ५० प्रतिशत मत हासिल गरेका हुन् । विपक्षी गठबन्धनका नेल्सन चामिसाले ४४ प्रतिशत मत पाएका छन् । मतपरिणामप्रति आपत्ती जनाउँदै त्यो गठबन्धनका एक नेताले परिणाम पुष्टि हुन नसक्ने जिकिर गरेका छन् । विपक्षीहरूले मतपरिणाम स्विकार्न नसकिने भन्दै प्रदर्शन गरेपछि ती स्थानमा प्रहरी परिचालन गरिएको थियो ।

राष्ट्रपति निर्वाचित भएपछि एमरसन मनाङ्गाग्वाले खुसी प्रकट गर्दै मतदाताहरूप्रति आभार व्यक्त गरेका छन् । उनले चुनावमा आफूहरू विभाजित भएपनि जिम्बाब्वेका जनताको “सपना एउटै“ भएको बताएका छन् । उनले सबैलाई “हातेमालो गर्न र एक हुन“ आग्रह गरेका छन् । तर उनका प्रतिस्पर्धी उम्मेदवार नेल्सन चामिसाले आफूले चुनाव जितेको दाबी गर्दै सम्वाददाताहरू समक्ष जानु पीएफ पार्टीले परिणाममा चलखेल गरेको आरोप लगाए । तर जिम्बाब्वेको निर्वाचन आयोगले चुनाव परिणाम कुनै पनि हिसाबले तलमाथि नभएको बताएको छ । मतपरिणाम विवाद चर्किँने क्रममा बुधवार हरारेमा मच्चिएको हिंसामा ६ जनाको ज्यान गएको थियो ।

सम्बन्धित समाचार

ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने
  • २०७५ श्रावण २१, १२: ०५

काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
  • २०७५ श्रावण २१, १२: ०५

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...

भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो, हजारौँ भवन क्षतिग्रस्त
भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो, हजारौँ भवन क्षतिग्रस्त
  • २०७५ श्रावण २१, १२: ०५

काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष...