जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपतीय चुनावमा सत्तारूढ दलका नेता एमरसन मनाङ्गाग्वा निर्वाचित भएको औपचारिक घोषणा गरेको छ । मनाङ्गाग्वाले आधाभन्दा बढी मत पाएपछि उनलाई औपचारिक रूपमा विजयी घोषणा गरिएको हो । तर विपक्षी गठबन्धनले मतपरिणाम स्विकार्न नसकिने बताएको छ ।
१० प्रदेशको अन्तिम मत परिणाम घोषणा हुँदा जानु पीएफ पार्टीका मनाङ्गाग्वाले करिब ५० प्रतिशत मत हासिल गरेका हुन् । विपक्षी गठबन्धनका नेल्सन चामिसाले ४४ प्रतिशत मत पाएका छन् । मतपरिणामप्रति आपत्ती जनाउँदै त्यो गठबन्धनका एक नेताले परिणाम पुष्टि हुन नसक्ने जिकिर गरेका छन् । विपक्षीहरूले मतपरिणाम स्विकार्न नसकिने भन्दै प्रदर्शन गरेपछि ती स्थानमा प्रहरी परिचालन गरिएको थियो ।
राष्ट्रपति निर्वाचित भएपछि एमरसन मनाङ्गाग्वाले खुसी प्रकट गर्दै मतदाताहरूप्रति आभार व्यक्त गरेका छन् । उनले चुनावमा आफूहरू विभाजित भएपनि जिम्बाब्वेका जनताको “सपना एउटै“ भएको बताएका छन् । उनले सबैलाई “हातेमालो गर्न र एक हुन“ आग्रह गरेका छन् । तर उनका प्रतिस्पर्धी उम्मेदवार नेल्सन चामिसाले आफूले चुनाव जितेको दाबी गर्दै सम्वाददाताहरू समक्ष जानु पीएफ पार्टीले परिणाममा चलखेल गरेको आरोप लगाए । तर जिम्बाब्वेको निर्वाचन आयोगले चुनाव परिणाम कुनै पनि हिसाबले तलमाथि नभएको बताएको छ । मतपरिणाम विवाद चर्किँने क्रममा बुधवार हरारेमा मच्चिएको हिंसामा ६ जनाको ज्यान गएको थियो ।
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...