
काठमाडौं । जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले सुनियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आरोप लगाएकी छिन् ।
दुर्गा पूजा मनाउने क्रममा सामाजिक सञ्जालमा फेक पोस्टका कारण बंगलादेशमा साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । उक्त द्वन्द्वका क्रममा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गरेका थियो । हिन्दू मन्दिरमा तोडफोडसमेत गरेको थियो ।
बंगलादेशलाई कसैले पनि पछाडि धकेल्न नसक्ने भन्दै हसिना वाजेदले बंगलादेशमा भएका घटनाहरु सुनियोजित भएको बताएकी हुन् । अस्थिरता निम्त्याउन चाहने तत्वले षडयन्त्र गरेको र अब त्यो कहिल्यै पुरा हुन नपाउने उनको जिकिर छ ।
जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको दावी हसिनाको छ । हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...