तालिबानी सरकारको आदेशः विदेशी मुद्रा प्रयोग नगर्नु, उंल्लघन गरे कडा कारबाही गरिने – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

तालिबानी सरकारको आदेशः विदेशी मुद्रा प्रयोग नगर्नु, उंल्लघन गरे कडा कारबाही गरिने

काठमाडौं । अफगानिस्तानमा तानिबान नेतृत्वको सरकारले विदेशी मुद्रा प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । तालिबान सरकारले अफगानिस्तानमा बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको हो ।

समाचार संस्था अलजजिराका अनुसार इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको हो । यस विषयमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा अनलाइनमा विज्ञप्ति जारी गरिएको हो ।विज्ञप्तिमा भनिएको छ तालिबानको आदेश उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिनेछ ।

मंगलबार राजधानी काबुलमा रहेको देशकै सबैभन्दा ठूलो सैनिक अस्पतालमा हमला भएको थियो । सरदार मोहम्मद दाउद खान सैनिक अस्पतालमा बन्दुक र बम हमला हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । घटना लगत्तै तालिबानी सरकारले विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०७८ कार्तिक १७, १३: ०९

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०७८ कार्तिक १७, १३: ०९

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०७८ कार्तिक १७, १३: ०९

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...