इण्डोनेशियाका अधिकारीहरूले भूकम्प र सुनामीका कारण ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान गएपछि उनीहरूलाई सामूहिक चिहानमा गाड्ने भएका छन् ।
विभिन्न रोगहरू फैलनसक्ने भएका कारण गाड्न लागेका हुन् । शुक्रवार भूकम्प र त्यसपछि सुनामी आएको इण्डोनेशियाको पालु नगरमा ठूलो मात्रामा क्षति पुगेका तस्बिरहरू आइरहेका छन् ।
अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको छ ।
विकट क्षेत्रमा पुग्दासम्म उक्त संख्या तीव्र रूपमा बढ्नसक्ने अनुमान छ ।
दर्जनौँ मानिसहरू भग्नावशेषमा जीवित फसिरहेका हुनसक्ने बताइएको छ । पालु नगरमा उद्धारकर्मीहरू होटल र किनमेल केन्द्रमा खोजीका लागि भारी उपकरणहरूको प्रतीक्षा गरिरहेका छन् ।
जति भवनहरू भत्किएका छन् त्यसका लागि भएका उपकरणहरू पर्याप्त छैनन् । शुक्रवार ७।५ म्याग्निच्यूडको भूकम्प गएपछि सुनामी आउनसक्ने भनी सतर्क गराइएको थियो तर सुनामीको ठूला छाल आउँदा पनि त्यो जारी थियो की थिएन भन्ने चाहिँ स्पष्ट छैन ।
इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रभावित क्षेत्रको भ्रमण गरिसकेका छन् । बाँचेकाहरूको उद्धारका लागि दिनरात प्रयास गर्न आदेश दिएका छन् । बीबीसी
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...