कारबाहीमा लडाकू मारिए – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

कारबाहीमा लडाकू मारिए

अफगानिस्तानको सरकारी सुरक्षा फौजले लडाकू विमानको सहयोगमा गरेको कारबाहीका क्रममा १० जना तालिबान लडाकू मारिनुको साथै १२ जना पक्राउ परेका छन् । अफगानिस्तानको पूर्वीभागमा पर्ने घाज्नी प्रान्तको काराबाह जिल्लामा लुकेर बसेका तालिबान लडाकूलाई लक्षित गरी कारबाही गरिएको अफगान सेनाले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

कारबाहीमा तालिबान समूहका कुख्यात कमान्डर अब्दुल अहमद पनि मारिएको अन्तर्राष्ट्रिय समाचारमा आइरहेको छ ।

करिब १७ वर्षदेखि अफगान सरकारसँग युद्ध जारी राखेका तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।

त्यसैगरी, टर्कीमा तीव्र गतिमा गुडिरहेको एक ट्रेन गत साता अर्को रेलसँग ठोकिँदा नौजनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । उद्धारकर्मीहरूले रेलको बोगीमा च्यापिएका मानिसको उद्धार गरेका थिए । उक्त दुर्घटना स्थानीय समयअनुसार, बिहान साढे ६ बजे भएको थियो ।

ट्रेन अंकाराबाट कोन्या जाँदै गर्दा दुर्घटना भएको थियो । मार्सान्डिज स्टेसन अंकारा ट्रेन स्टेसनबाट लगभग आठ किलोमिटर टाढा रहेको छ । तीव्र गतिको ट्रेनले स्टेसनको ट्य्राक परीक्षण गरिरहेको इन्जिनमा ठोकिएपछि दुर्घटना भएको हो । दुईवटा डिब्बा ट्य्राकबाट बाहिरिएको र ट्रेनको डिब्बा ठोकिएपछि स्टेसनको ओभरपासका केही भाग ट्रेनमाथि खसेका थिए ।                                                                                                   स्रोत – बीबीसी

सम्बन्धित समाचार

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ पुष २, ०६: २४

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७५ पुष २, ०६: २४

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...

भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
  • २०७५ पुष २, ०६: २४

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...