टरिजा मे पद जोगाउन सफल – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

टरिजा मे पद जोगाउन सफल

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र उनको नेतृत्वलाइ चुनौती दिंदै ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गरेकी छन् । उनलाई कुल मतसंख्याको ६३ प्रतिशत मत प्राप्त भएको थियो र अब एक वर्षसम्म उनलाई कसैले नेतृत्वको चुनौती दिन पाउँदैन ।

गोप्य मतदानमा उनको पक्षमा २०० मत र विपक्षमा ११७ मत परेको थियो ।

अविश्वास प्रस्तावको मतदानमा जित हासिल गरेपछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर्न आग्रह गरिन् ।

अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ । एउटा त्यस्तो ब्रेक्जिट जसले हामीलाई हाम्रो पैसा, हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ । गत बुधवार पूरै दिन आफ्ना सांसद तथा सहकर्मीहरूलाई आउने मार्चमा ब्रिटेन इयूबाट अलग हुने बेला आएकोले अहिले पार्टी नेतृत्व फेर्ने समय होइन भन्दै मनाउने प्रयास गरेकी थिइन् ।

असन्तुष्ट सहकर्मीलाई मनाउने क्रममा आगामी आमचुनावअघि आफूले पार्टी नेताको पद त्याग गर्ने बताएकी थिइन् । आफू विरुद्धको अविश्वासको मतदानमा विजय हासिल गर्ने वित्तिकै टेन डाउनिङ स्ट्रिटमा बोल्दै मेले अब ब्रिटेनका जनताले चाहेजस्तै ब्रिटेन इयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताइन् । “अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ ।

एउटा त्यस्तो ब्रेक्जिट जसले हामीलाई हाम्रो पैसा, हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ ।”

उनले सबै दलका राजनीतिज्ञहरूलाई देशलाई पुनः एक ढिक्का बनाउनका लागि काम गर्न आग्रह गरेकी छिन् । उनले अब आफूले इयूका नेताहरूलाई ब्रिटेनका चिन्तालाई सम्बोधन गर्नेतर्फ काम गर्न आग्रह गर्ने बताइन् ।

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७५ पुष २, ०६: २६

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ पुष २, ०६: २६

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७५ पुष २, ०६: २६

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...