न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोप लगाएकी छन् । ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । ट्रम्प र उनको परिवारमाथि लागेका थुप्रै कानुनी मुद्दामध्ये यो केवल एउटा मात्रै हो ।
अन्यमा, संघीय जाँच ब्यूरोका प्रमुख रबर्ट मलरले नेतृत्व गरेको विशेष टोलीले अनुसन्धान गरिरहेको ट्रम्पको चुनावी अभियानमा रुससँगको साँठगाँठ लगायत छन् । महान्यायाधीवक्ता अन्डरउडले ट्रम्प र उनका सन्तानविरुद्धको मुद्दा जारी रहने बताएकी छन् । एउटा विज्ञप्तिमा उनले ट्रम्प फाउण्डेशन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको बताएकी छन् ।
उक्त परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने बताएकी छन् । संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताइन् । गत जुनमा एउटा ट्वीट गर्दै ट्रम्पले परोपकारी संस्थाले केही अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको संकेत गरेका थिए । –स्रोत बीबीसी
काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...
काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष...