न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोप लगाएकी छन् । ट्रम्प फाउण्डेशनका वकिलले भने उक्त विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । ट्रम्प र उनको परिवारमाथि लागेका थुप्रै कानुनी मुद्दामध्ये यो केवल एउटा मात्रै हो ।
अन्यमा, संघीय जाँच ब्यूरोका प्रमुख रबर्ट मलरले नेतृत्व गरेको विशेष टोलीले अनुसन्धान गरिरहेको ट्रम्पको चुनावी अभियानमा रुससँगको साँठगाँठ लगायत छन् । महान्यायाधीवक्ता अन्डरउडले ट्रम्प र उनका सन्तानविरुद्धको मुद्दा जारी रहने बताएकी छन् । एउटा विज्ञप्तिमा उनले ट्रम्प फाउण्डेशन अचम्मलाग्दो ढाँचाको हिनामिनामा संलग्न भएको बताएकी छन् ।
उक्त परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने बताएकी छन् । संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट पारेको पनि बताइन् । गत जुनमा एउटा ट्वीट गर्दै ट्रम्पले परोपकारी संस्थाले केही अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको संकेत गरेका थिए । –स्रोत बीबीसी
काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...
काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...