भारतको एक अदालतले गत वर्ष एक पन्ध्र वर्षीया किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका तीन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । वीसको उमेरमा रहेका ती पुरुषहरुले ती किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए र यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।
महाराष्ट्र राज्यमा भएको उक्त घटनापछि दशौँ लाख मराठा समुदायका मानिसहरुले हप्तौँसम्म विरोधप्रदर्शनहरु गरेका थिए । ती मारिएकी किशोरी र उनका आक्रमणकारीहरु दुवै कोपर्डी नामको गाउँमा बस्दै आएकार उक्त घटनालाई कोपर्डी काण्ड भनेर चिनिन्छ । उक्त बलात्कार घटनाको बर्बरतालाई धेरैले सन् २०१२ मा भारतीय राजधानी दिल्लीमा एउटा बसमा एक युवतीमाथि भएको बलात्कारको घटनासँग दाँजेर हेरेका थिए । हालैका वर्षमा भारतमा महिलामाथि हुने गरेका अपराधहरुबारे ध्यान बढिरहेको छ । तर पनि हरेक वर्ष हजारौँ बलात्कारका घटनाहरुबारे प्रहरीमा उजुरी परिरहेका बताइन्छ ।
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...