
काठमाडौं । फिलिपिन्समा आँधीपछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ । सिंगापुरबाट प्रसारण हुने च्यानल न्युज एसिया सिएनएले मेगी नामक आँधीपछि निम्तिएको विनाशका कारण अरु २३६ जना घाइते भएको बताएको छ ।
मृत्यु हुनेमध्ये अधिकांश बेबे शहर र आसपासका रहेको जनाइएको छ । बेबे शहर र आसपासका क्षेत्रमा मात्रै ८६ जनाले ज्यान गुमाएका छन् ।आँधी प्रभावित १ लाख ६२ हजार विस्थापित भएको र अरु ४१ हजार आफन्तको शरणमा रहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै सिएनएले जनाएको छ ।
आइतबार ६५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिलिपिन्सको लेटे प्रान्तमा सबैभन्दा नराम्रो विनाश निम्त्याएको बताइएको छ । सिएनएका अनुसार फिलिपिनी सेनाले खोजी र उद्धार कार्यलाई नरोक्ने दृढता व्यक्त गरेको छ ।
फिलिपिनी सेनाको बेबे शहरमा रहेको सैनिक एकाइले ‘खोजी, उद्धार र पुनःसंरचनाको अभियानलाई निरन्तरता दिने’ जनाएको हो । ७ हजार ६ सयभन्दा धेरै टापुहरु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष २० भन्दा धेरै आँधी आउने बताइन्छ ।
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...
काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका...
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा...