
काठमाडौं । सोमालियाको एक रेष्टुरेन्टमा भएको बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमालियाका प्रहरी प्रमुख र विधायकहरु बसेको मागादिसुको समुद्री किनारमा रहेको रेष्टुरेन्टमा बिस्फोट भएको हो ।
सो विष्फोटमा परेर ७ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बिस्फोटमा प्रहरी प्रमुखसहित सरकारी अधिकारीहरु सकुशल रहेको बताइएको छ । सो रेष्टुरेन्टमा सरकारी अधिकारीहरुको भीड लाग्ने गरेको छ ।
घटनाको कारण थाहा नभएपनि रेष्टुरेन्टभित्रै आक्रमणकारीले बिस्फोट गराएको प्रहरीको दावी छ । सोमालियाको संसदलाई लक्षित गरी नवनिर्वाचित विधायकहरु बैठकमा भेला भएको बेला सो आक्रमण गराइएको बुझिएको छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...