१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाइँदै – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ ।

यसपटक १ सय ३३ औं श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि बिविध कार्यक्रम गर्दैछन् । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा

विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो ।नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ ।

नेपालमा यो दिवस मनाउन थालेको लामो समय भईसक्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरु भने सामाजिक सुरक्षामा समेटिन सकेका छैनन् । एक तथ्यांकका अनुसार नेपालमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रका झडै ४४ लाख श्रमिकहरु सामाजिक सुरक्षा घेराभन्दा बाहिर छन् ।

सम्बन्धित समाचार

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
  • २०७९ बैशाख १८, ०८: ०१

एजेन्सी : थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना...

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७९ बैशाख १८, ०८: ०१

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७९ बैशाख १८, ०८: ०१

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...