काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ ।

युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील कारखानामा १ हजार बढी नागरिक फसेको बताईएको थियो ।
उद्धार गरिएकामा अधिकांश महिला, बृद्ध बृद्धा र बालबालिका रहेका छन । संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा सुरु भएको उद्धार कार्यमा सयौं सुरक्षाकर्मीको पहराबीच उनीहरुको उद्धार गरिएको हो ।
उद्धार गरिएकाहरूलाई कता लगिएको भन्ने विषयमा भने युक्रेन सरकारले केही बताएको छैन । यसैबीच युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोल स्टीलप्लान्टमा फसेका नागरिकहरुमध्ये अन्तिम समुहका ३ सय जनालाई सुरक्षित स्थानमा लैजान सफल भएको प्रतिक्रिया दिएका छन् ।
सो औद्योगिक क्षेत्र मारियुपोल शहरमा युक्रेनी सेनाको पकडमा रहेको अन्तिम क्षेत्र हो ।
बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...
काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...
काठमाडौं : पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई उक्त...