गाजाको चिडियाखानाबाट वन्यजन्तुको उद्धार – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

गाजाको चिडियाखानाबाट वन्यजन्तुको उद्धार

गाजा स्ट्रिपस्थित एउटा चिडियाखानामा नराम्रो अवस्थामा राखिएका दर्जनौँ वन्यजन्तुलाई जोर्डनको एउटा आरक्षमा सारिएको पशुकल्याणको क्षेत्रमा काम गर्ने एउटा समूहले बताएको छ।
फोर पजका अनुसार इजिप्टको सीमानजिकै रहेको रहाफ चिडियाखाबाट ती वन्यजन्तुको उसले उद्धार गरेको हो। उद्धार गरिएका ४७ वन्यजन्तुमा सिंह, बाँदर, मयूर र दुम्सी पनि छन् ।

इजरेल हुँदै तीन सय किलोमिटर पर रहेको जोर्डनको आरक्षमा पुर्‍याउन ती वन्यजन्तुलाई लट्ठ्याउने औषधि दिइएको थियो।
फोर पजले इजरेलको भूमिबाट तिनलाई जोर्डन लैजाने अनुमति पाएको थियो।
फोर पजका पशुचिकित्सक अमिर खलिलका अनुसार गाजाको चिडियाखानमा भएका खोर ती वन्यजन्तुका लागि धेरै साना भइसकेका थिए। सो समूहले त्यो चिडियाखानामा चराचुरुङ्गी मात्र छोडेको थियो।

उद्धार गरिएका दुईवटा सिंहलाई पछि दक्षिण अफ्रिका लगिनेछ। रहाफ चिडियाखाना सन् १९९९ मा स्थापना गरिएको थियो।

त्यहाँ केही समयअघि मानिसहरूलाई खेल्न दिन एउटी पोथी सिंहको नङ्ग्रा निकालिएपछि फोर पजले वन्यजन्तुको पीडाबारे चासो व्यक्त गरेको थियो।
पशुअधिकारवादी समूहहरूले वन्यजन्तुसँग गरिएको व्यवहारका लागि चिडियाखानाका मालिक फाथी जोमाको आलोचना गरेका छन्।

सो चिडियाखानामा केही समयअघि सिंहका चारवटा डमरु मरेपछि जोमाले वन्यजन्तुको उद्धार गर्न फोर पजलाई गुहारेका थिए।

जोमाले इजरेली नाकाबन्दी र खराब अर्थतन्त्रका कारण चिडियाखानाको अवस्था बिग्रिएको बताएका छन्।

बीबीसीसँग उनले, एक हप्ता वा महिना पालेको बिरालो गुमाउँदा हामी दुस्खी हुन्छौँ। तर २० वर्षदेखि सँग बसेका वन्यजन्तु अकस्मात् गुमाउँदा के होला ?
आफ्नो भूमिबाट उद्धार गरिएका वन्यजन्तुलाई जोर्डन लैजाने अनुमति इजरेलले दिएको थियो । चिडियाखानमाबाट ती वन्यजन्तुलाई बाहिर लैजाँदा गाजावासी पनि दुस्खी भएका छन्।
अब खाली समयमा जाने ठाउँ नभएको गुनासो गर्दै साबावेई भन्छन्, ूहाम्रा बालबालिकालाई मनोरञ्जन गर्न लैजाने त्यही एउटा ठाउँ मात्रै थियो।ू
इजरेलले एउटा विज्ञप्तिमा यथासम्भव चाँडो ती वन्यजन्तुको स्थानान्तरण गर्न आफूले सघाएको बताएको छ।

गाजामा प्यालेस्टाइनको नियन्त्रण छ। सन् २००७ देखि २०१४ को बीचमा त्यहाँ इस्लामिक लडाकु समूह हमासको शासन थियो।

हमासले सन् २००६ मा प्यालेस्टाइनको संसदीय निर्वाचन जितेको थियो। तर उसको प्रतिद्वन्द्वी फताह समूहसँग हिंसात्मक द्वन्द्व भएको थियो।

हमासले गाजालाई आफ्नो नियन्त्रणमा लिएपछि इजरेलले सो क्षेत्रमा नाकाबन्दी लगाइदियो। त्यहाँ मानिस आवतजावत र मालसामानको ढुवानीमा प्रतिबन्ध लाग्यो। इजिप्टले पनि गाजाको दक्षिणी नाका बन्द गरिदिएको थियो। –बीबीसी

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७५ चैत्र २५, ०७: ५७

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ चैत्र २५, ०७: ५७

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७५ चैत्र २५, ०७: ५७

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...